उपत्यकासहित विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा,कस्तो रहन्छ तीनदिन ?

काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले मध्य क्षेत्रका काठमाडौंसहित चितवन तथा आसापासका क्षेत्रमा वर्षा भइरहेको छ भने पूर्वका इलाम, झापा, मोरङलगायत जिल्लामा पनि पानी परिरहेको छ। यस्तै पश्चिमका रूपन्देही, नवलपरासीलगायत जिल्लामा पनि वर्षा भइरहेको उनले जानकारी दिइन्।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ३१ गते मंगलबार
दिउँसो : देशभरि सामान्य देखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरूमा तथा पूर्वका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते बुधबार
दिउँसो : देशभरि सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भूभागहका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरूमा तथा पूर्वका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते बिहिबार
दिउँसो : देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ।

राति : देशभरी सामान्यदेखि आंशिक बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।#माैसम पूर्वानुमान महाशाखा

सम्बन्धित शिर्षकहरु