अष्ट्रेलिया ८ विकेटले विजयी

एजेन्सी । वेष्ट इण्डिज विरुद्वको तेस्रो एकदिवसीय महिला क्रिकेटमा अष्ट्रेलिया ८ विकेटले विजयी भएको छ । साथै तीन खेलको सिरिज अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । १८२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ३१.१ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । अष्ट्रेलियाका एलिसा हेलीले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै कप्तान मेग लेनिङ्ग र एलिस पेरीले ५८ र ३३ रनको अविजित पारी खेलिन् ।

यसअघि एन्टिगुवामा टस जितेर पहिले व्याटिङ गरेको वेष्ट इण्डिज महिला टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८० रन बनाएको थियो । वेष्ट इण्डिजकी किशोन नाइटले ४०, चिनेल हेन्द्रीले ३९ तथा शेनेता ग्रिमोण्डले ३४ रन बनाइन् । वेष्ट इण्डिजलाई कम स्कोरमा समेट्ने क्रममा अष्ट्रेलियाका मेगन शटले ह्याट्रिक गरिन । मेगनले चिनेल हेन्द्री, अफि फ्लेचर तथा करिश्मा रामहरकको विकेट लिदै ह्याट्रिक पुरा गरिन् । यसअघि भएको पहिलो र दोस्रो खेलमा अष्ट्रेलिया क्रमश १७८ र १५१ रनले विजयी भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु