मलेसियाको रोजगारी खुल्यो, तत्कालका लागि पुरानै प्रक्रियाबाट कामदार जान पाउने

काठमाडौं । नेपाल र मलेसियाबीच १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी पुनः सुरु गर्ने सहमति भएको छ । नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेको छ । सहमतिपछि अब नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउनेछन् ।

कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ । म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो । ‘हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको जनाईएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु