सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्‍यवहार गरेको अभियोगमा पूर्वसभासद पक्राउ

काठमाडौं । सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्‍यवहार गरेको अभियोगमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। युवतीले आफूमाथी यौन दुर्व्‍यवहार गरेको बताएपछि बसमा भएका यात्रुले तत्काल प्रहरीलाई बोलाएका थिए। बसका यात्रुको सहयोगमा उनलाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको ललितपुर प्रहरी परिसरकी प्रवक्ता एसपी दुर्गा सिंहले बताइन्। घिसिङ माओवादी केन्द्रबाट समानुपातिक सभासद् भएका थिए।
पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि घिसिङलाई म्यादथपका लागि लगिएको एसपी सिंहले बताइन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु