नेपाल र चीनबीच तीन सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच परराष्ट्रमन्त्रीको नेतृत्वकाे द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा तीन सम्झौता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार तीन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जसमा हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पताल रहेको छ।

त्यसैगरी गृह मन्त्रालयलाई आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ। सोको लागत एक करोड ७० लाख रुपैयाँ रहेको छ। चीनका स्टेट काउन्सिलर वाङ यीले बाढी पीडितका लागि १ करोड ६० लाख रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन्। त्यस्तै, दोस्रो आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने सम्झौता भएको छ । अस्पताल बनाइदिने र टेन्ट उपलब्ध गराउने सम्झौता पत्रमा अर्थसचिव र चाइना डेभलपमेन्ट को–अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु