पूर्व र मध्यमा चट्याङसहित भारी वर्षाको सम्भावना,कस्तो रहन्छ आगामी तीन दिन

काठमाडौं । आगामी तीन दिन देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानमा भने चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगको साथै पूर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ र यो न्यून चापीय रेखा केहि उत्तर तर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २३ गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति :देशभरी सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पूर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २४ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २५ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु