राष्ट्रियगान विवाद: पशुपतिनाथमा राष्ट्रियगान बज्दा दाहसंस्कार गर्दै गरेका किरियापुत्री उभिने कि नउभिने ?

काठमाडौं । नेपाली कांग्रेसका संसद भिमसेनदास प्रधानले पशुपतिमा आरती हुनु अगाडी राष्ट्रियगान गाउनु उचित नभएको टिप्णी गरेका छन् । आइतबार प्रतिनिधि सफा बैंठकमा बोल्दै कांग्रेस सांसद प्रधानले पशुपतिनाथमा आरती अघि राष्ट्रियगान गाउने सरकारी नियमको विरोध गरेका हुनु ।

संस्कृती ,पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईको आदेश पछि पशुपति क्षेत्रमा आरती पुर्व सुरु भएको राष्ट्रियगानको आपत्ती जनाउदै प्रधानले प्रश्न गरे राष्ट्रिय गान बज्दा दाहसंस्कार गर्दै गरेका किरियापुत्री उभिने कि नउभिने ? प्रधानले भने,’ पशुपती क्षेत्रमा पर्यटक समेत आउने भएकाले राष्ट्रियगान बज्दा पर्यटक नउभिए गर्ने ?

हरेक विषयमा निर्णय गर्नुपुर्व संवेदनशीलताको ख्याल राख्नुपर्ने भन्दै सरकारले पटक—पटक विवादास्पद निर्णय गरीरहेको आरोप लगाए । पशुपतिमा राष्ट्रिय गान बज्दा राष्ट्रियगानको अनादार भएको आरोप लगाए । यता पर्यटनमन्त्री भट्टराईले पशुपति मन्दिरमा राष्ट्रियगान बज्नुलाई ठुलो बहस र छलफलको आवश्यक नरहेको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु