भारतको ऐतिहासिक ‘चन्द्रयान–२’ अन्तिम समयमा आएर असफल,विक्रम ल्यान्डरसँग सम्पर्क विच्छेद

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान मिशनको विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको बताएको छ। इसरोका प्रमुख के. शिवनले भने, “चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य थियो। तर त्यसपछि विक्रमसँग सम्पर्क विच्छेद भएको छ। तथ्याङ्कको समीक्षा भइरहेको छ।”

राती १.३० देखि २३० को बीचमा चन्द्रमाको सतहमा विक्रम अवतरण गर्ने भनिएको थियो । भारतीय अन्तरिक्ष वैज्ञानिकले गरेको उपलब्धी हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेंगलुरुस्थित मुख्यालय पुगेका थिए।

सबै कुरा राम्ररी चलिरहेको थियव र वैज्ञानिकहरू विक्रम चन्द्रमाको सतह निकट पुग्न लागेको हर कदम पछ्याइरहेका थिए। तर अन्तिम क्षणतीर इसरो केन्द्रमा तनावपूर्ण स्थिति बन्यो। वैज्ञानिकका मुहारमा चिन्ता प्रकट हुन थाल्यो।

केही बेर पछि इसरो अध्यक्ष प्रधानमन्त्री मोदीकहाँ गएर जानकारी गराए। इसरोका पूर्व अध्यक्ष कस्तूरीरंगन र के राधाकृष्णनले उनको काँध थपथपाएर सान्त्वना दिए। यसको केहीबेर पछि इसरोका अध्यक्षले बताए विक्रमसँग इसरो केन्द्रको सम्पर्क विच्छेद भएको छ।

त्यसपछि प्रधानमन्त्री मोदी वैज्ञानिकहरूको बीचमा गए र उनीहरूको हौसला बढाउँदै भने: “जीवनमा उतार चढाव आइरहन्छ। सम्पर्क विच्छेद हुँदा मैले हेरिरहेको थिएँ। तर यो कुनै सानो उपलब्धि होइन। मुलुले तपाईँहरूमाथि गर्व गर्छ तपाईँहरूको मेहनले धेरै कुरा सिकाएको पनि छ…मेरो तर्फबाट तपाईँहरू सबैलाई बधाइ छ। विज्ञानले देशको र मानव जातीको ठूलो सेवा गरेको छ। यो चरणबाट हामीले धेरै कुरा सिकिरहेका छौं हाम्रो यात्रा अगाडि पनि जारी रहनेछ। म पूर्ण रुपमा तपाईँहरूको साथमा छु।”

भारतीय अन्तरिक्ष वैज्ञानिकहरूका लागि शुक्रबार राती महत्त्वपूर्ण थियो। राती साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान २ को विक्रम ल्यान्डरलाई विस्तारै विस्तारै चन्द्रमाको सतह तर्फ लगिरहेका थिए। विक्रम ल्यान्डरलाई पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट छुट्याउनुपर्थ्यो र उसला चन्द्रमाको सतहतर्फ लगिनुपर्थ्यो।

ल्यान्डरको भित्र प्रज्ञान नामको रोवोट पनि थियो जसले सुरक्षित अवतरण पछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुम्न र वैज्ञानिक परीक्षण गर्नुथियो।

इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ गर्नुथियो। सबै राम्रै भइरहेको थियो तर सतहमा पुग्नु केही बेर अघि ने ल्यान्डरसँग सम्पर्क विच्छेद भयो।

चन्द्रमाको दक्षिढी ध्रुव पर यान पठाउने भारत पहिलो देश थियो। अहिलेसम्म चन्द्रमामा पठाइएका धेरैजसो मिसनहरू चन्द्रमाको भूमध्य रेखाको वरपर अवतरण गरेका थिए। यदि भारत सफल भयो भने अमेरिका रुस र चिन पछि चन्द्रमा अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्ने हो।

यदि भारतको प्रज्ञान रोबर्टको सेन्सरले चन्द्रमाको दक्षिणी भागमा रहेको पानीको विशाल पोखरीको प्रमाण खोज्न सकेको भए यो ठूलो खोज हुने थियो। चन्द्रयान २ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबिन हुन सक्थ्यो जुन सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिशन बनाउने योजनामा काम गरिरहेको छ।

 

चन्द्रयान २ को विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ र प्रज्ञान रोवरको चन्द्रमामा अवतरणको चित्रण
अहिले पनि आशा पूर्ण रुपमा समाप्त भइसकेको छैन । हुन सक्छ पछि ल्यान्डरसँग सम्पर्क स्थापित हुनसक्छ। यो पलको साक्षी बन्न देशभरका ६० छात्र छात्रा पनि यो सेन्टरमा बसिरहेका छन् जसलाई प्रश्नोत्तर पछि चयन गरिएको थियो।- बिबिसी नेपाली सेवा

Comments

comments

सम्बन्धित शिर्षकहरु