लासिथ मालिङ्गाले बनाए एकै खेलमा चारवटा कीर्तिमान

काठमाडौं । लसिथ मालिंगाले दोश्रो पटक चार बलमा चार विकेट लिदैं इतिहास रचेका छन्। मलिंगाले शुक्रबार न्युजिल्याण्डविरूद्धको टि-२० खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि सन् २००७को आईसिसी विश्वकपमा पनि यस्तो गरेका थिए। यस खेलमा मालिङ्गाले एकै खेलमा चारवटा कीर्तिमान बनाएका छन् । मालिङ्गा दुईपटक ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

यससँगै उनी ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले ट्वेण्टी–ट्वेण्टीका ७६ खेलमा १ सय ४ विकेट लिएका छन् । यो उपलब्धिले उनलाई ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा २ पटक ह्याट्रिंक गर्ने पहिलो खेलाडी पनि बनाएको छ । एकदिवसीय क्रिकेटमा तीन ह्याट्रिक गर्ने मालिङ्गा एक मात्र खेलाडी हुन् । समग्रमा ५ पटक ह्याट्रिक पनि अहिलेसम्म कुनै क्रिकेटरले गर्न सकेका छैनन् ।

उनले तेश्रो ओभरको तेश्रो, चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिए । तेश्रो ओभरको तेश्रो बलमा ओपनर कोलिन मुनरोलाई आउट गरेका मालिङ्गाले चौथो बलमा हमिश राउटफोर्डलाई पेबिलियनको बाटो देखाए । पाँचौँ बलमा कोलिन डी ग्राण्डहोमलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । उनी यतिमै रोकिएनन् र ओभरको अन्तिम बलमा रोस टेलरलाई पनि एलबीडब्ल्यू धरापमा पारे । मालिङ्गाले अन्तराष्ट्रिय क्रिकेटमा लगातार ४ बलमा ४ विकेट लिएका यो दोश्रो पटक हो । यो उपलब्धि हासिल गर्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् ।

मालिङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गरेको यो पाँचौ पटक हो । अब मालिंगा क्रिकेटका तीनै प्रारूपको क्रिकेटमा सय वा सो भन्दा बढी विकेट लिने पहिलो बलर बनेका छन्। वान डे क्रिकेटबाट संन्यास लिइसकेका मालिंगाले हालसम्म वान डे मा ३३८, टेस्टमा १०१ तथा टि-२० मा १०३ विकेट लिएका छन्। अन्तिम टि-२० मा पाहुना टोलीलाई हार चखाएको श्रीलंकाले ३ खेलको टि-२० भणे २-१ ले गुमाएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु