सिंगापुरबाट बालुवाटार फर्केलगतै प्रधानमन्त्री राजनीतिक भेटघाटमा सक्रिय

काठमाडौं । नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केलगतै राजनीतिक भेटघाट शुरु गरेका छन् । सिंगापुरबाट बालुवाटार फर्केको केही घण्टामै ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । ओली बालुवाटार पुगेलगतै दाहाल पनि पुगेका थिए ।

दुई अध्यक्षबीच करिव एक घण्टा लामो छलफल भएको थियो । १४ दिने लामो उपचार सकेर शुक्रबार दिउँसो करिब १ बजे प्रधानमन्त्री ओली स्वदेश फर्किएका थिए । भेटमा ओलीको स्वास्थ्य अबस्था, नेकपाभित्रको नयाँ समिकरण र पार्टी सचिवालयको बैठक बारे छलफल भएको स्रोतले बताएको छ । अबको दुई दिनभित्र सचिवालय बैठक बोलाउने गरी दुई अध्यक्षले सहमति गरेका छन् ।

सिंगापुर जानुभन्दा अघि अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच केही विवाद समेत भएको थियो । पछिल्लो समय नयाँ समिकरणको तयारीमा रहेका प्रधानमन्त्री ओली फेरी पार्टी राजनीतिमा सक्रियता जनाउनेछन् । सिंगापुर जानुअघि दाहाललाई शक्तिशाली अध्यक्ष बनाएका थिए भने केही निर्णय पनि भएका थिए ।

दाहालले ओलीको अनुपस्थितिमा सचिवालयको एउटा बैठक बोलाएका थिए भने अर्काे बैठक बोलाएर पनि स्थगित गरेका थिए । ओलीले नै टेलिफोनमा दोस्रो बैठक स्थगित गर्न लगाएको स्रोतले बताएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु