फिफा विश्वकप छनोट: कुवेतसँग नेपालको लज्जास्पद हार

काठमाडौ । सन् २०२२ मा कतारले आयोजना गर्ने फुटबल विश्वकपको दोस्रो चरणको एसिया छनोट अन्तर्गत कुवेतविरुद्ध हिजो (बिहीबार) राति भएको खेलमा नेपालले ७-० को लज्जास्पद हार व्यहोरेको छ। बलियो टोली कुवेतले खेलको सुरुवाती मिनेटदेखि नै एकतर्फी आक्रामक गर्दै छैटौं मिनेटमा नै अग्रता बनायो। त्यस्तै १४ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता लियो। कुवेतको घरेलु मैदान जविर अल अहमेद इन्टरनेशनल मैदानमा भएको खेलको दोस्रो हाफमा पाँच गोल गर्दै ७-० विशाल अन्तरको जित दर्ता गर्यो। उसलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

एकतर्फी खेलमा कुवेतले खेलको ५१ औं मिनेटमा तेस्रो गोल गर्दै ३-० को अग्रता लियो । त्यसको ५९ औं मिनेटमा नेपालले अर्को गोल खाँदै ४-० पछाडि पर्यो । खेलेको ६८ औं मिनेटमा कप्तान बादर अल मुत्वाले कुवेतलाई ५-० को अग्रता दिलाए । त्यसपछि कुवेतले इन्ज्युरी समयमा थप दुई गोल गर्दै ७-० को प्रभावशाली जित हासिल गर्यो ।

नेपालविरुद्दको जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि यसै समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु