बैंकको साइबर सुरक्षामा लगानी न्युन, इ-बैंकिङ चोरी चुनौती बन्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियारसहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन्। तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन्।

सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको नगद चोरी भएको घटना नौलो नभए पनि कतिपय अब्बल र इमान्दार बैंकर्स तथा सुरक्षा गार्डका लागि भने यस्तो घटना अनौठो र अपत्यारिलो बन्ने गरेका छन्। बबरमहलस्थित प्रभु बैंकको मुख्यालयमा खटिएका एक सुरक्षागार्डले आश्चार्य मान्दै भने, ‘हाकिमले नै थाह नपाउने गरी चोरी हुँदो रहेछ, हामी त सामान्य कर्मचारी (सुरक्षागार्ड)।’ बैंक तथा वित्तीय संस्थाका लागि ‘ह्याकर’ ठूलो अपराधि भन्नेमा ती सुरक्षागार्ड विश्वस्त रहेको समाचार गोरखापत्र दैनिकमा छ।

तर, बैकर्सहरू भने यो समस्याप्रति गम्भीर तथा सचेत देखिँदैन, नेपाल प्रहरीको साइबरक्राइम अनुसन्धानकर्ता प्रहरी नायब उपरीक्षक पशुपति राय ई–बैकिङ सेवामा साइबर सुरक्षा थ्रेट विश्वकै लागि चुनौतिपूर्ण बन्दै गएको बताउँछन्। नेपालका बैंक तथा वित्तीय संस्थामा पनि साइबर सुरक्षाको जोखिममा रहेकाले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयले सम्वद्ध अधिकारीलाई पटक–पटक यस विषयमा सचेत र सतर्क गराएको उनले स्पष्ट पार्नरे।

Comments

comments

सम्बन्धित शिर्षकहरु