राघव आचार्यले ल्याए सन्देशमूलक लघुचलचित्र ‘प्रतिफल’ (भिडियो)

काठमाडौं । राघव आचार्यको कथा तथा निर्देशक रहेको सन्देशमूलक छोटो चलचित्र सार्वजनिक भएको छ । रिमा इन्टरटेन्टमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो १३ मिनेट ३७ सेकेन्डको छ । सन्देशमूलक लघुचलचित्र मार्फत मोबाईल प्रयोग गरी बाईक चलाउदा बालकको मृत्यु
“अन्जानमा गरिएको गल्तीलाई त भगवानले पनि माफ गर्छन्…
तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।” भन्ने देखाउन खोजिएको छ ।

बिगत लामो समय देखी निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसके पश्चात आचार्य केहि बर्ष अघि मुम्बईमा अभिनय कोर्ष सम्पन्न गरी केहि हिन्दी सिरीयलमा काम समेत गरीसकेर पुनः आफ्नो मातृभूमी नेपालमा फर्किय लगतै दिनहु भईरहेको घटनालाई आधारित बनाएर एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको लागी सट मुभी ‘प्रतिफल’ को निर्देशन गरेका छन् ।

कथा परिकल्पना स्यंम् आचार्य आफैले गरेका हुन भने छायांकन तथा सम्पादन मिराज अर्यालको रहेको छ । जसमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु