भाषा हराएको देश ‘फिजी’ मा १४० वर्ष पछि यस्तो नेपालप्रेम भेटियो । उत्पेरणात्मक शिविर सहितको (फोटोफिचर)

  • नेत्र पण्डित-असनेपालन्युज  !फिजी ,शुभा । ३ सय ३३ वटा टापुहरुको देश भनेर चिनिने फिजीमा योग, ध्यान तथा उत्पेरणात्मक तथा विभिन्न जागरणका कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । फिजीको राजधानी शुभा तथा त्यस क्षेत्रमा रहेको सरस्वती कलेज तथा विभिन्न समुदायको वीच भएको शिविर भब्य रुपमा सम्पन्न भएको हो । योगी तथा सकारात्मक सोचका अभियन्ता आर्चाय राजन शर्माद्धारा सञ्चालित कार्यक्रममा विभिन्न क्रियाकलापहरु गरिएको थियो ।

फिजीको सरकार, त्यहाँ रहेको नेपाली, भारतिय तथा अन्य समुदायकोे निमन्त्रणमा कार्यक्रमहरु सञ्चालन गरिएको हो । जस अन्तर्गत फिजीको नान्दी,लोटोका सिगांटोला, सुभा, राकीराकी क्षेत्रहरुमा गरि ९ वटा शिविर सञ्चालन भएका थिए । जसवाट एक हजार भन्दा धेरै व्यक्तिहरु लाभन्वित भएका छन् ।

कार्यक्रमा विदेशी नेपाली,आदीवासीदेखि लिएर विभिन्न सम्प्रदायका मानिसहरुको सहभागिता रहेको थियो । कार्यक्रम निकै रोचक फलदायी रहेको र यसले योग जागारणको तरंग नै फैलाएको नेपाली फिजी समुदायको अध्यक्ष प्रदिप देवले बताउनु भयो ।

फिजी सरकारले उहाँलाई लामो समयदेखि सांस्कृतीक राजदुतको रुपमा नियुक्त गरि यस्तो गतिविधी सञ्चालनहरु गर्न थप प्रेरित गर्दै आईरहेको छ । उहाँले सरस्वती कलेज फिजीमा, फिजी स्थित सुवामा नाड्रेला स्कुल सिगांटोकामा, नरोरो शिवमन्दिर सिंगाटोकामा,विशेष कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

जहाँ सयौ औंका संख्यामा जम्मा भएका व्यक्तिहरुले योग, ध्यान, सकारात्मक सोचवाट लाभान्वित बनेका थिए ।  मानिसहरु तनाव, रोग र अन्यकुरावाट ग्रसित भैरहेको बेला वैदिक समाज, वेदभूमि नेपालवाट उत्पन्न भएको यस्ता ज्ञानउदय कार्यक्रमहरु थप विस्तार गर्नुपर्नेछ ।

हेलम्बुको पशुपति मिन्दरमा विशेष कार्यक्रम
यसैगरि नेपालीहरुको विशेष वस्तीको रुपमा चिनिएको फिजीको विशेष स्थान हेलम्बुको पशुपति मिन्दरमा पनि विशेष कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रमवाट नेपालीमात्र नभएर अन्य समुदाय पनि लाभन्वित बनेको नेपाली समुदाय महिला संघकी संयोजक सरिता लताले बताउनु भयो ।

त्यसै गरि ‘लोटोका’ स्थित सेवा आश्रममा पनि आर्चाय राजन शर्माले एक विशेष शिविर सञ्चालन गर्नु भएको थियो । उक्त शिविरमा गुजराती समुदायले लाभ लिएका थिए । उक्त कार्यक्रमलाई अघिल्लो  साल दुई वर्षसम्मको लागि निरन्तरता दिईनु पर्नेमा उक्त समुदायले प्रस्ताव राख्नु भएको थियो ।

विश्व मानव जागरण अन्तर्गत विभिन्न देशमा यस्ता कार्यक्रमहरु आर्चाय शर्माले सञ्चालन गर्दै आउनु भएको छ । विश्व शान्ति तथा आध्यात्मक विज्ञान समाज जिपिएसएसको प्रमुख आयोजना तथा स्थानिय निकायहरुको सम्मन्वयनमा यस्ता कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

यसैगरि विश्वभर ५ सय योगदुतहरु नियुक्ती गर्ने योजना अन्तर्गत २ घण्टा तालिम प्राप्त गरेका योगदुत नियुक्ती गरिन्छ । जसले गर्दा नेपाली योग, ध्यान,अध्यात्मक विश्वभरि प्रचार भैरहेको छ नै मानिसहरुको वीचमा सकारात्मक चिन्तन, आपसी भेदभावलाई अन्त गर्न प्रेरित हुने अभियान तथा सदभावको विकास भैरहेको पाइृन्छ । त्यस्तै यहि अष्गट महिनामा आर्चाय राजन शर्माले कतारको दोहा, लण्डनको रेडिङमा, स्पेनको बार्सिलोनामा,दुवईमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्नु भएको थियो ।१४० वर्ष देखि फिजीमा नेपालहरुको वसोबास हुंदै आएको छ । जहां नेपाली भाषा हराएको छ तर विश्वमा विरलै भेटिने नेपाली पन र प्रेम भने फिजिमा भेटिन्छ ” आचार्य राजन शर्मा’को भनाइ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु