‘साहो’ले बनायो रेर्कड

काठमाडौं । प्रभास अभिनित एक्सन थ्रिलर ‘साहो’ले रिलिजको पहिलो विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ। २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ । यो कमाइसँगै सिनेमामा हिन्दी भाषामा यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा बनेको छ। रिलिज दिन सलमानको ‘भारत’ले ४२.३० करोड कमाएको थियो भने अक्षय कुमारको ‘मिशन मंगल’ २९.१६ करोड भारू कमाएको थियो।

प्रभास र श्रद्धा कपुर स्टार साहोका लागि दर्शक पनि त्यत्तिकै क्रेजी देखिएका छन् । यद्यपि, साहो फिल्म समीक्षकहरुको आशामा खरो उत्रन सकेको छैन । तर कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ ।
यसअघि प्रभासले ‘बाहुबली’ मार्फत् अत्यधिक चर्चा बटुलेका थिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु