रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले भब्यताका साथ “तीज फेस्टिभल २०१९” सम्पन्न गर्यो ।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले हरितालिका तीजको अवसरमा सिड्नीमा “तीज फेस्टिभल २०१९ ” नामक तीज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।रकडेल स्थित ईन्द्रेणि फङ्सन सेन्टरमा हिजो सम्पन्न सो तीज विशेष कार्यक्रममा नेपालबाट आएका गायक नविन पौडेल तथा गायीका,कार्यक्रम उद्घोषिका सितल शर्माले आफ्ना चर्चित तीज गीतहरुमार्फत दर्शकहरुलाई छमछमी नचाए।

गायक नविन पौडेलले जब गीतको बोल उठानगरे र भने “मन परेरै हो मन परेरै हो मैले तिम्लाई हेरेको मनपरेरै हो…आयोजक संस्थाका सबै पदाधिकारीहरुलाई जब स्टेजमा बोलाए र छमछमी नचाए उनको प्रस्तुतीबाट दर्शकहरु उत्साहित नहुनेकुरै भएन दर्शकहरु कम्मर मर्काई मर्काई छमछमी नाचे फेरी उनले भने “अछाम रामारोशन खप्तड मेला डोटिमा मन मेरो लुटी लग्यौनी आएको पैलो चोटिमा”गायक पौडेलले यो भाका जब उठान गरे माहोल नेपालको शुदूरपश्चिम पुगेजस्तै भान बन्यो सबै उत्साही हुँदै नाचे।

सोहि कार्यक्रममा गायीका तथा कार्यक्रम उद्घोषिका सितल शर्माले प्रस्तुती शुरुगर्दै भनिन…. “हाम्रो जोडी नमुना बनाम जान्ने बुझ्ने छौ तिम्लाई के भनम ” आमाले पकाको दर खायौ नाच्यो जिन्दगी के छ र”। उनले आफ्ना तीज गीतको टुक्काहरु जोड्दै दर्शहरुलाई छमछमी नचाईन र कार्यक्रमको माहोल अझ बढि रौनक बन्यो।

 

सो कार्यक्रममा शब्दमाला नेप्लिज ल्याङ्गोईज स्कुलको तर्फबाट बालबालिकाहरुले सामुहिक नृत्य प्रस्तुत गरे ,सो नृत्यको संयोजन सेहि स्कुलका कोर्डिनेटर प्रविण श्रेष्ठले गरेका थिए भने पूनम खत्री र अमृता खड्काले पनि तीज गीतमै नृत्य प्रस्तुत गरे।सुम्मीना सिंङ्गले यो हो मेरो माईतीघर र तीजको रहर आयो बरिलै भन्ने गीत गाईन । यसै गरि सो कार्यक्रममा समिता खत्री ,श्रद्धा श्रेष्ठ र अप्सरा ढकालले चिटिक्कै भाछु रे भन्ने गितमा नृत्य प्रस्तुत गरेका थिए। तुल्सा पाण्डेले लाहुरै गै गयो हामारा सैंया भन्ने तीज गितमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन। साथै सोहि कार्यक्रममा हामी पनि नाच्नु पर्छ बिच बिचमा भन्ने गीतमा रियान खनाल,रविन खनाल,समिप कार्कि,केभिन कुंवर,सलोक जिसी तथा साहिल कार्किले आकर्षक नृत्य प्रस्तुत गरेका थिए सो नृत्यले कार्यक्रममा उपस्थित सबै अभिभावकहरु तथा दर्शकहरुको मन जित्न सफल रह्यो।

कार्यक्रमलाई सफलबनाउन सक्रिय रुपमा लागिपरेका कार्यक्रमका संयोजक तथा सो संस्थाका सांस्कृतिक संयोजक ईश्वर पोखरेलले सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रममा आएका सबै अतिथीहरुलाई स्वागत गर्दै धन्यबाद दिएका थिए ।सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स स्टेट कोर्डिनेटर देव गुरुङ्ग रहेका थिए। प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले रुपन्देही सामाजिक सञ्जालले विगतमा गर्दै आएका सामाजिक कार्यको स्मरण गर्दै तथा यस्ता तीज कार्यक्रमहरुले प्रवासमा हाम्रो पहिचान र संस्कृति बचाउन मद्दत पुग्ने बताए।साथै गैर आवासिय नेपाली संघ अष्ट्रेलिया यस्ता संघ संस्थाहरुसंग सदैब हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए। साथै उनले सो कार्यक्रमको मुक्तकण्ठले प्रशंसा  गरे।

कार्यक्रमको संचालन सो संस्थाका महासचिव महेश्वर शर्मा तथा गायीका सितल शर्माले गरेका थिए। सो तीज कार्यक्रममा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष कृष्ण गैरेले सभा अध्यक्षको भूमिका निर्बाहा गरेका थिए ।साथै संस्थापक अध्यक्ष तथा संरक्षक राज खनाल सहित संस्थाका सबै पदाधिकारीहरु कार्यक्रम सफलबनाउन आ-आफ्नो क्षेत्रबाट भुमिका निर्बाह गरेका थिए।

सो कर्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीहरु,विभिन्न संघ संस्थाहरुबाट आएका पदाधिकारीहरु,स्पोन्सरदाताहरु,पत्रकारहरु तथा थूप्रै नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो।

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु