अमेरिकामा फेरि अन्धाधुन्ध गोली प्रहार, ५ जनाको हत्या, १६ जना घाईते

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाई पाँचजनाको हत्या र १६ जनालाई घाईते बनाएका छन् । टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ ।

एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ । चार हप्ता अघि पनि अमेरिकामा भएको गोलिकाण्डमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु