विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश,के छ मिडिया काउन्सिल विधेयकमा ?

काठमाडौं । सरकारले विवादति बनेको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभामा पेश गरेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पेश गरेको विधेयकमा समाचार लेखेकै आधारमा कसैले काउन्सिलमा उजुरी गरे संवादाता, सम्पादक वा प्रकाशकलाई मार्फ माग्न लगाउनेदेखि २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था प्रस्तावित गरिएको छ ।

विधेयकको दफा १८ मा लेखिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहित विपरीत कुनैपनि सामग्री प्रकाशन वा प्रशारण गरेको कारण कुनै पनि व्यक्तिको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनि सम्बनिधत व्यक्तिले दफा १६ बमोजिम दिएको उजरी उपर दफा १७ कमोजिम जाँचबुझ गर्दा मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बनिधत आमसञ्चार माध्यम, प्रकाशक सम्पादक, पत्रकारवा सम्वाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु