सागमा क्रिकेटको पनि अभ्यास शुरु, प्रारम्भिक चरणमा बोलाइए ३५ खेलाडी को-को परे ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि पुरुष राष्ट्रिय क्रिकेट टोलीले आइतबारबाट अभ्यास थाल्ने भएको छ । सागमा सहभागी २७ खेलमध्ये क्रिकेटको मात्रै अभ्यास शुरु हुन बाँकी रहेको थियो । अन्य खेलको साउन १६ देखि नै बन्द प्रशिक्षण शुरु भइसकेको छ । राखेपले सागका लागि क्रिकेटबाट बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको छ । जसमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदिप ऐरी, सुनिल धमाला, सौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम शोब, इशान पाण्डे, करण केसी, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ छन् ।

किशोर महतो, आरिफ शेख, सुसन भारी, अनिल कुमार शाह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव, रोहित कुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब अलाम पनि छनोटमा परेका छन् । कप्तान खड्का र मुख्य प्रशिक्षक उमेश पटवालले युवा खेलाडी समेट्दै प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । सागमा क्रिकेट यसअघि ११ औं संस्करणमा पनि समावेश गरिएको थियो भने दोस्रो पटक क्रिकेटलाई सागमा समावेश गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु