दुवईमा उत्पेरणात्मक योग शिविर सम्पन्न,सहभागिहरु निकै उत्साहित (फोटोफिचर)

काठमाडौं । विश्वका विभिन्न देशमा अध्यात्म, सकारात्मक सोच योग तथा आत्मबल बढाउन उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन भैरहेको छ । यसै सन्दर्भमा दुवईमा रहेका नेपालीहरु बीच एक उत्प्रेरणा कार्यक्रम भब्य रुपमा सञ्चालन भएको छ । अन्तर्‍राष्ट्रिय उत्प्रेरक, प्राध्यपक तथा योग गुरु आर्चाय राजन शर्माले नेपालीहरु बीच दुवईमा शिविर सञ्चालन गर्नु भएको हो । नेपाली समुदाय दुवई तथा विभिन्न संघसंस्थाको आयोजनामा कञ्जनजंगा रेष्टुरेन्टको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा योग मुद्रा, रेकी,योगका आसनहरु उत्पेरणात्मक कार्यक्रमहरु तथा कुण्डलिनी जागरणका विविध पक्षहरुलाई महत्वको साथ राखिएको थियो । सहभागिहरु हाँस्य चिकित्सावाट निकै उत्साहित भई सुरुदेखि अन्त्यसम्म निकै उत्साहको साथ बसेका थिए । सो कार्यक्रम औचित्यपूर्ण रहेको र यसले आफुलाई सुरुदेखि अन्त्य सम्म नै हसाँउन र आफु को हो भनि प्रेरण जगाउन सहयोग गरेको साहित्यकार तथा स्थानिय संस्थाका सहयोगि जे सागरले असनेपाल न्युजलाई बताउनु भयो ।

सो कार्यक्रममा उहाँले विभिन्न महिला, पुरुष तथा दुवईमा रहएको नेपालीलाई सहयोग पुराएको बताउनु भयो । नेपालको लागि दुवईवाट महावाणिज्यदुत एवम् समाजसेवी चन्द्र प्रसाद सापकोटाले आफुले यस्तो कार्यक्रमवाट लाभ लिने र घरमा समेत प्रयोग गर्ने गरेको बताउँदै आर्चाय राजन शर्माको कार्यक्रमले धेरै भन्दा धेरैको मन छोएको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउने बताउनु भयो ।

कार्यक्रमा विभिन्न तहतप्कावाट आउनु भएका विभिन्न व्यक्तिहरुको पनि सहभागि रहेको थियो । दुवईमा गरिएको यस्तो प्रकारको कार्यक्रममले कामदारहरु बीचको नैराश्यता हटाउने मात्र नभएर आत्मबल र आफुभित्रको महानतालाई बढाउन समेत सहयोग हुने सहभागिहरुले बताउनु भयो ।

सहभागि मध्येका एक परम आनन्द ले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै यस्ता विज्ञानसँग आधारित कार्यक्रमलाई विश्वस्थरमा प्रचार गरेर विश्वशान्ति ल्याउन सकिने बताउनु भयो । विश्वको विभिन्न देशहरुमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आउनु भएका आर्चाय राजन शर्माले दुवईमा यस्तो शिविर सञ्चालन गर्नु भएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु