अष्ट्रेलियन सरकारले ल्याएको नयाँ भिसा नियम: धेरैले पिआर नपाउने सम्भावना,नर्सलाई झनै कठिन !

अष्ट्रेलिया । आप्रवासीको अध्यागमन सम्बन्धी अष्ट्रेलियन सरकारले ल्याएको नयाँ भिसा नियम छिट्टै नै देशभर प्रभावकारी रुपमा लागु हुने भएको छ। अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री स्कोट मोरिसनले आप्रवासी अध्यागम्न भिसा आगामी ४ बर्षको लागि १ लाख ९० हजारबाट घटाएर १ लाख ६० हजार बनाईने घोषणा गरेका छन्। २०१७-२०१८ मा अप्रावासीको अध्यागमन घटेर १ लाह ६२ हजार भएकोले यसले खासै फरक मोरिसन बताउँछन्।

अष्ट्रेलियामा नेपालीहरूले राम्रो भविष्य भएको र पीआर अर्थात् स्थायी रूपमा नै अष्ट्रेलिया बस्न पाईने भिजाका लागी समेत सजिलो भनेर लिईएको विषय तथा पेशामा रहेकाले समेत पीआर पाउन निक्कै गाह्रो रहेको तथ्यांकले देखाएको छ। पछिल्लो अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)को विभिन्न पेशाका लागी छुट्टयाईएको कोटा र ति पेशामा रहेकाहरूले दिएको अष्ट्रेलियन पीआरका लागी ईच्छापत्र (इक्सप्रेसन अफ ईन्ट्रेष्ट, ईओआई)मा सरकारले दिएको भिजा भर्न आउने निम्तो (ईन्भिटेसन)को संख्या हेर्दा अष्ट्रेलियामा रजिष्टर्ड नर्स भएर पीआर पाउने र यहाँका अस्पतालहरूमा काम गर्ने सपना सजिलो नरहेको देखिएको छ। नेपालीहरूबीच आईटी, अकाउन्टिंङ र नर्सिङ अष्ट्रेलियामा पीआर पाउन सजिलो रहेको विषयको रूपमा स्थापित छन्। नेपाली एजुकेशन एजेन्टहरूको सल्लाह नै अष्ट्रेलियामा यी नै तिन मध्ये एउटा विषय पढ्नका लागी छान्न हुने गरेको थियो।

तर पछिल्ला दुई वर्षको अष्ट्रेलियाको माईग्रेसन नीतिमा आएको परिवर्तनले यी विषय पढ्नेहरूका लागी समेत अष्ट्रेलियाको पिआर पाउनु निक्कै गाह्रो बनाएको छ। गत वर्ष मात्र अष्ट्रेलिया सरकारले पीआरका लागी पास मार्क्सलाई पाँच अंकले बढाएको थियो। पहिले ६० माईग्रेसन प्वाईन्टमा पास अंक थियो भने अहिले ६५ रहेको छ। तर पनि यति अंकका साथ पीआरका लागी ईच्छापत्र पेश गरेकाहरूले पीआर पाउने संभावना आजसम्म देखिएको छैन।

– आप्रवासीलाई २ नयाँ क्षेत्रीय केन्द्रित भिसा
– क्षेत्रमा बस्ने आप्रवासीलाई थप पिईन्टस
– अभिभावकको लागि ५ बर्ष भिसाको लागि आवेदन दिन पाउने

यसले अष्ट्रेलियाले दिने skilled manpower visa मा ४३ हजारबाट १८ हजार पुगेको छ। साथै धेरैले स्थाई बासिन्दा हुन नपाउने पनि बताईएको छ।

अभिभावकलाई ५ बर्ष भिसा

अष्ट्रेलियाको स्थाई बासिन्दा र नागरिक अभिभावकको ५ बर्ष अस्थाइ भिसाको लागि आवेदनहरु खुला गरिएको छ। यदी अभिभावकलाई उनिहरु ५ बर्षको लागि ल्याउन चाहन्छन् भने भिसाको लागि अवेदन दिन सक्छन्। त्यस्तै उक्त समय अवधी सिद्दीईसकेपछी फेरी आवेदन दिन सक्छन्।

प्रत्येक बर्ष १५ हजार भन्दा धेरैले यस भिसाको लागि आवेदन दिने गरेका छन्।

क्षेत्रीय अष्ट्रेलियाको लागी भिसा परिवर्तन

सिडनी र मेलबोर्न जस्ता अष्ट्रेलियाका प्रमुख शहरहरूमा ठुलो संख्यामा रहेका आप्रवासीको जनसंख्यालाई सबै ठाउँमा उचित रुपमा ब्यवस्थापन गर्नको लागि अष्ट्रेलियाको सरकारले यस्तो नयाँ योजना बनाएको हो। अष्ट्रेलियामा हाल प्रमुख शहरमा हजारौंको संख्यामा बेरोजगार रहेका छन् भने अवकिसित क्षेत्रहरु भने काम गर्नहरु पाउन नै मुस्किल रहेको छ।

त्यसैले यदि तपाई अष्ट्रेलियाको स्थायी नागरिक बन्न चाहानुहुन्छ भने तपाईले कम्तिमा ३ बर्ष अष्ट्रेलियाको अबिकसित क्षेत्रमा बिताउनु पर्नेछ। अबिकसित क्षेत्रमा ३ बर्ष बसे बापत क्षेत्रीय स्थायी भिसा २०२२ मा उपलब्ध हुने सरकारले घोषणा गरेको छ।

अन्तराष्ट्रिय विद्यार्थीको हकमा

यदी तपाई अष्ट्रेलियामा अध्ययन गरिरहेको अन्तरराष्ट्रिय विद्यार्थी हुनुहुन्छ र तपाईले सिड्नी, मेलबर्न, साउथ ईस्ट क्विन्सल्याण्ड र पर्थ बाहेक अन्य क्षेत्रमा पढिरहनु भएको छ भने तपाईले दिक्षान्त पछि पनि थप समय अष्ट्रेलियामा बस्न पाउनेछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु