अस्ट्रेलिया र चीनकाे सम्बन्ध बिग्रियाे, कार्यक्रम नै बन्द

काठमाडौं । अस्ट्रेलियाले न्यु साउद वेल्स राज्यका विभिन्न सरकारी विद्यालयमा चीनद्वारा सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । न्यु साउद वेल्स सरकारले चिनियाँ सरकारको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेसँगै चीनको विदेश मन्त्रालयले यो निर्णय अनुचित र अनादरपूर्ण भएको जनाएको छ ।

न्यु साउथ वेल्स सरकारले यस राज्यमा रहेका १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको उक्त शैक्षिक तथा सांस्कृतिक कार्यक्रम राजनीतिक प्रभाव बढेको भन्दै बन्द गरेको थियो । चीनको कन्फुसियस इन्टिच्युटद्वारा सञ्चालन गरिएको कार्यक्रम न्यु साउथ वेल्सको १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको थियो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु