जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट,तीनकुने-गौशाला क्षेत्रको सडक किनारमा सेकुवा पोल्न नपाइने (पूर्णपाठ)

काठमाडौं । सरकारले तीनकुने–गौशाला क्षेत्रको सडक किनारमा सेकुवा पोल्न नपाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’लाई अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने लक्ष्यको साथ उक्त निर्णय गरेको बताएका हुन् ।

मन्त्रालयको वार्षिक योजनामा सन् २०२० भित्रै त्रिभुवन विमानस्थललाई बुटिकमा रुपान्तरण गरिसक्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। यसैगरी विमानस्थलमा ‘भिभीआइपी मोमेन्ट’को मापदण्ड बनाएर सम्माननियले मात्र जहाजको ढोकासम्म गाडी लैजान पाउने नियम लागू गर्ने जानकारी पनि मन्त्री भट्टराईले दिएका छन्।
सरकारले ७० वर्षभन्दा माथिका जेण्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छु्ट दिने घोषणा गरेका हुन् ।

उनले वायुसेवा कम्पनीहरुसँग छलफल गरी सरकारले जेष्ठ नागरिकलाई हसाई यात्रामा सस्तो सुविधा उपलब्ध गराउन लागेको बताए । उनले अब छिट्टै लागू हुने प्रतिवद्धता पनि जनाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु