ग्रिजम्यान चम्किएपछि बार्सिलोनाको प्रभावशाली जित

एजेन्सी । स्पेनिस लिग अन्तगर्त आइतबार राति भएको खेलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो । खेलमा ग्रिजम्यानले दुई गोल गरे ।

घरेलु मैदानमा डेब्यु खेलमा ग्रिजम्यान आफ्नो प्रभाव छाड्न सफल रहे । मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा बार्सिलोनालाई ग्रिजम्यानले निराश बनाएनन् । उनी गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए ।

नाबिल फिकिरले १५ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए । तर ग्रिजम्यानले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाए ।

कार्लोस पेरेजले ५६ औ मिनेटमा बार्सिलोनाको अग्रता ३–१ को बनाए । जोर्डी अल्बाले ६० औ मिनेटमा बार्साका लागि चौथो गोल गरे । अतुर्रो भिडालले ७७ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाउन सफल भएको थिए । मोरोनले ७९ औ मिनेटमा एक गोल फर्काए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु