भगवान श्रीकृष्णको अनुसरण गर्दै यिनी हुन् ५८ वटा श्रीमती भित्र्याउने पूर्व मन्त्री तथा सांसद

एजेन्सी – एउटा मानिसले कतिवटा सम्म विवाह गर्न सक्छ ? हामिले अनुमान लगाउने एक दुर्व वा तीन सम्म हो । तर एक जना ब्यक्तिले आफ्नो जिवनमा ५८ वटा श्रीमती विवाह गरे । तर पनि उनको बैवाहिक जीवन त्यस्तो असहज भएन । भारतका एक व्यक्तिले ५८ वटी महिलासँग बिहे गरेको भएपनि उनको जीवन असहज भने भएन । बागुन सुम्ब्रुइ नाम गरेका ब्यक्ति जो राजनीतिज्ञ पनि हुन् । उनी पूर्वमन्त्री तथा पूर्व सांसद्म भइसकेका ब्यक्ति हुन् । उनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राएर उनले रेकर्ड कायम गरेका छन् । उनको यस्तो उदेक लाग्दो किस्सा छ की उनले विवाह गरेर ल्याएका सबै पत्नीको नाम समेत उनलाई याद छैन । उनको जीवनमा श्रीमती आउने र जाने क्रम यसरी चल्यो की उनलाई तिनका नाम याद गर्ने समेत समय भएन । उ

यस्ता कीर्तिमानी सांसदको जून २२ मा मृत्यु भइसकेको छ । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको ९६ वर्षको उमेरका निधन भएको हो । उनलाई यति धेरै विवाह गर्नुको कारण बारे कसैले प्रश्न गर्यो भने उनले भगवान कृष्णको लिलावाट प्रेरित भएर आफुले पनि त्यस्तै गरेको प्रतिकृया दिन्थे ।

उनले धेरै श्रीमती विवाह गरेको भए पनि कसैलाई अन्याय भने नगरेको बताए । उनीहरुको उद्दार नै गरेको उनको तर्क छ । आफुले पनि कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको बताउने गर्थे । पीडित भएर आफ्नो शरणमा आउने हरेक महिलालाई उनले पत्नी बनाएर राख्थे । उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे । उनीहरुको जिम्मेवारी लिन्थे ।

त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जीवनभर पत्नी बनेर बस्थे भने कतिपयले उनलाई छोडेर जान्थे । उनीसंग बस्दा बस्दै अरु कतै माया बस्यो भने उनलाई पत्नीहरुले छोडेर जान्थे । तर पनि उनले कुनै गुनासो गर्थेनने । कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए, उनले भने मलाई यस्ता कुराले प्रभाव पारेन । स्मरणरहोस् बागुनले पछिल्लोपटक सन् २००४ मा विधानसभामा चुनाव जितेका थिए । तर त्यसपछि स्वास्थ्यमा खराबी आएपछि उनले चुनाव लडेनन् र राजनीतिबाट टाढिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु