देशभर चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

काठमाडौं  । आज देशैभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आज देशका पश्चिम र मध्य क्षेत्रका केही र पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ । त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् । मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ( देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । यी स्थानमा रहनुभएका लगाएत उक्त स्थानहरूमा यात्रा गर्नु हुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु