‘हामीले राणा फाल्यौं,पञ्चायत ढाल्यौं, राजा फाल्यौं‘अहिले लोकतन्त्र खतरामा परेको छ कम्युनिष्टलाई सिध्याउनुपर्छ’

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्बोधन गर्दै सभापति देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सबै मिलेर सिध्याउनुपर्ने बताए । सम्बोधनको क्रममा धेरै जसो समय सरकारको विरुद्धमा खर्चेका सभापति देउवाले ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिष्टलाई सिध्याउनैपर्ने दावि गरे ।

‘विगतमा हामीले राणा फाल्यौं, पञ्चायत ढाल्यौं, राजा फाल्यौं,’ उनले भने, ‘अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिष्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’ पछिल्लो समय नेपालमा ओली सरकार आइसकेपछि भ्रष्टाचार बढेको आरोप लगाए । सभापति देउवाले उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाइएको प्रति आपत्ति जनाए ।

सभापति देउवाले सरकारले लेख्ने अधिकार खोसिरहेको, प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याइरहेको बताउँदै आन्दोलन गर्न तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।उनले पार्टीभित्र एकता नभएका कारण चुनाव हारिएको बताए । ‘हिजो नेकपा माओवादी र एमाले २ पार्टी थिए, एक भए,’ सभापति देउवाले भने, ‘तर हामी एकै पार्टी छौं तर २ पार्टी जस्ता भयौं र हामीले चुनाव हारेका हौं ।’

उनले काम गर्न नदिने प्रचलन पार्टीभित्र बढ्दै गएको समेत बताए । ‘चुनावमा हारेकालाई कारवाही गर्न दिइएको छैन । कार्यसम्पादन समिति बनाउन सकिएको छैन ।’ सभापति देउवाले भने, ‘नाम दिनुस् भन्दा दिन सकेका छैनन । अब म एक्लैले भएपनि जिम्मेवारी दिइछाड्छु ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु