कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ? यस्तो छ निजी चिकित्सकको विज्ञप्ती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता बढाउने उपचारका लागि सिंगापुर प्रस्थान गरिएको जनाएकी छन् ।

मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिका लागि सिंगापुर जानुपरेको उनको प्रेस नोटमा उल्लेख छ ।प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेता तथा कार्यकर्ताले विदाई गर्नुभयो । गत साउन १८ देखि २८ गतेसम्म स्वास्थ्य परीक्षण गराउनु भएका प्रधानमन्त्री ओलीलाई सोही बेला चिकित्सकले पुनः एक पटक परीक्षण गर्नुपर्ने सुझाएका थिए ।‘सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो।

त्यसक्रममा मिर्गौलासम्बनधी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो’, वित्रप्तिमा भनिएको छ, ‘एन्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो।’सिंगापुरमा नेपाली डाक्टरको साथमा त्यहाँको विज्ञ टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने बताइएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सिंगापुरबाट पनि थप जानकारी दिने डा. सिंहले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु