प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, १५ दिन सिंगापुर बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । थाई एयरको नियमित उडानबाट उहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बुधबार दलहरुलाई जानकारी समेत गराउनु भएको थियो ।

ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता बढाउने उपचारका लागि सिंगापुर प्रस्थान गरिएको जनाएकी छन् ।

मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिका लागि सिंगापुर जानुपरेको उनको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेता तथा कार्यकर्ताले विदाई गर्नुभयो । गत साउन १८ देखि २८ गतेसम्म स्वास्थ्य परीक्षण गराउनु भएका प्रधानमन्त्री ओलीलाई सोही बेला चिकित्सकले पुनः एक पटक परीक्षण गर्नुपर्ने सुझाएका थिए ।

चिकित्सकको सोही सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुनः सिङ्गापुर प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्केपछि महत्वपुर्ण निर्णय लिनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार यसपटकको सिंगापुर बसाई डेढ साता हुने अनुमान छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी छ । आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्ने जानकारी चिकित्सकले दिएका छन । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्षभन्दा बढी भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु