रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी लिन प्रहरीले मानेन

काठमाडौं । पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ । जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन परिसर पुगेकी पौडेललाई प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ । रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिंहले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।

प्रहरीले जाहेरी लिन नमानेपछि पौडेलले हुलाकमार्फत जाहेरी पठाउने तयारी गरेकी छन् । घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए। पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु