स्पेनको बार्सिलोनामा उत्पेरणात्मक योग शिविर सम्पन्न (फोटोफिचर)

स्पेन । स्पेनको बार्सिलोनामा एक बिशेष उत्पेरणात्मक योग शिविर सम्पन्न भएको छ । योग तथा सकारात्मक सोच अभियान लाई विश्वव्यापीरुपमा लिएर हिडिरहनु भएको योगगुरु आर्चाय राजन शर्मा (भिमसेन सापकोटा) ले सञ्चालन गर्नु भएको उत्पेरणात्मक योग शिविर भब्य रुपमा सम्पन्न भएको हो । जहाँ नेपाली तथा अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो । योग तथा सकारात्मक अभियान लाई लिएर हिडिरहनु भएको आर्चाय राजन शर्माले प्रस्तुती दिनु भएको थियो ।

स्पेनमा यो कार्यक्रम पहिलो पटक भएको र यस्ता कार्यक्रमले मानव मतिष्कको अभिवृद्धी तथा चेतनालाई सजग राख्न मात्र नभएर विदेश तनावमा रहेकालाई जिवनलाई कसरी अगाडी लैजाने र अन्योलमा रहेका व्यक्तिलाई पनि मार्ग दर्शन हुन सकेको सहभागिहरुले बताएका छन् । बार्सिलोनामा कार्यक्रममा सम्बोधन गर्दै योगगुरु शर्माले आहार, विहार र प्रत्याहार सबैभन्दा पहिला आहार शुद्धि,आफ्नो शरिरको सोचको शुद्धिपछि अन्य शुद्धिहरु हुँदै जाने बताउनु भयो ।

मानिसहर आफु किन बाँची रहेको छु, म किन संसारमा आएको भन्नेकुरा थाहाँ नपाउदा अहिले उनिहरु अन्धा-धुन्ध दौडमा लागिरहेको तर अहिले मानिसहरु काम सकियो अहिले म खुशी छु भनेर कोहिपनि संसारवाट नउठेको कारण नै अहिले उनिहरु भित्रको अध्यामिकता जगाउनको उत्पेरणात्मक शिविरहरु सञ्चाल गदै आईरहेको योगगुरु शर्माले बताउनु भयो ।

सहभागि मध्येका विनोद खनालले भन्नु भयो -‘यस्तो कार्यक्रम बार्सिलोनामा सम्पन्न भएको पहिलो पटक हो, यसले मानिसहरु जाग्नको लागि ठूलो सहयोग पुर्याउँछ’ । यसैगरि विनिता खनाल भन्नुहुन्छ -‘स्पेनमा नेपालीहरुको बीचमात्र नभएर स्थानियहरुको बीचपनि यस्तो कार्यक्रमहरु लोकप्रिय हुनेछ’ । त्यसतै सहभागि मध्येकै लक्ष्मी योञ्जनले -‘आफुलाई सानै बेला देखि योग तथा अन्य कुराले उत्पेरित गरिरहने र स्पेनमा आएरपनि यस्तो लाभलिन पाँउदा खुशी भएको बताउनु भयो ।’

त्यसैगरि शर्मिला पराजुलीले आफुले योग तथा ध्यानवाट वास्तविक शान्ति प्रप्त गर्दै गईरहेको जहाँ भएपनि ध्यान र अध्यात्मकलाई जोड्दै जानले आफुमा शान्त प्रभुत्व हुन सकिने बताउनु भयो । सो कार्यक्रममा योगमुद्रा, योग आसन, ध्यान, उत्पेरणको प्रवचन लगायतका कार्यक्रमहरु समेटिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु