रवि लामिछानेकी श्रीमतीले दिईन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी

काठमाडौं । रवि लामिछानेकी श्रीमती निकिता पौडेलले ३ जना विरुद्ध किर्ते गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नो मोवाइलमा खिचेको भिडियो चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका संकेत कोइरालाले किर्ते गरेर सार्जजानिक गरेको दाबी गर्दै पौडेलले उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बुधबार दिउसो साढे १ बजे उजुरी दिएकी हुन् ।

चितवनको एक होटेलमा सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उमुछिएपछि लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरेको थियो । उनी आफ्ना दाजु र वकिलसहित टेकुस्थित प्रहरी कार्यालय पुगेकी हुन् । मुलुकी फौजदारी सहिंता–२०७४ को दफा २७६ र २७७ मुलुकी अपराध सहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्था छ । सोही कानूनमा टेकेर पौडेलले उजुरी दिन लागिएको उनका वकिल राजेन्द्र सेँणाईले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु