बाराक ओबामाको ३९ वर्ष पुरानो बास्केटबल जर्सी डेढ करोडमा बिक्री

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको बास्केटबल जर्सी एक लाख २० हजार डलर (करिब डेढ करोड रुपैयाँ) मा बिक्री भएको छ । २३ नम्बरको यो जर्सी ओबामाले सन् १९७८ देखि १९७९ सम्म उनको १८ वर्षको उमेरमा लगाएका थिए । यो जर्सीलाई उनको स्कुलका जुनियर ५५ वर्षीय पिटर नोबलले अक्सनमा राखेका थिए । जर्सी बिक्री हुनुभन्दा पहिला यसको मूल्य एक लाख डलर थियो । यसका लागि करिब २७ जनाले बोली लगाएका थिए ।

यसलाई अमेरिकी खेल कलाकृति संग्रहकर्ताले खरिद गरेका छन् । तर, खरिदकर्ता नाम भने उल्लेख गरिएको छैन । यो जर्सी ओबामाले हवाईस्थित पुनाहौ हाईस्कुलमा रहेका बेला प्रयोग गरेका थिए । बास्केटबल ओबामालाई मन पर्ने खेल हो । उनी ह्वाइट हाउसमा रहँदा पनि आफ्ना स्टाफ, सेलेब्रिटी तथा आफन्तहरुसँग बास्केटबल खेल्ने गर्थे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु