रवि लामिछानेसहित तीन जनालाई फेरि ५ दिनको म्याद थप,थुनामा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले ५ दिनको लागि पुनः म्याद थप गरेको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । आज लामिछानेसहित तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस भएको थियो ।

रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गरेका थिए भने वादीबाट जिल्ला महान्यायधिवक्ता यदु नाथ शर्माले बहस गरेका थिए । गएको साउन २० गते नारायणगढमा रहेको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियोमा रविसहित तीन जनालाई पोलेका थिए । सोही भिडियोको आधारमा उनीहरुलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु