इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट बराबरीमा सकियो

एजेन्सी । आईसीसी टेष्ट च्याम्पियनसीप अन्तर्गत इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । पाँचौ तथा अन्तिम दिन इंग्ल्याण्डले दिएको २ सय ६७ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले एक सय ५४ रनमा ६ विकेट गुमाउँदा खेल सकिएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो पारीमा २ सय ५८ रन बनाएको थियो । उसका लागि जोनी ब्रेस्टोले ५२ तथा रोरे बर्नसले ५३ रन बनाएका थिए । जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको ९२ रनको सहायताले २ सय ५० रन बनायो ।

दोस्रो पारीमा इंग्ल्याण्ड २ सय ५८ रनमा ५ विकेट गुमाउँदै पारीको घोषणा गरेको थियो । उसका लागि बेन स्टोकले एक सय १५ तथा जोस बट्लरले ३१ र जोनी ब्रेस्टोले ३० रनको योगदान गरेका थिए । जसका कारण अष्ट्रेलियाले २ सय ६७ रनको लक्ष्य पाएको थियो । तर उसले पाँचौ दिनको खेल सकिँदा एक सय ५४ रनमा ६ विकेट गुमेपछि खेल बराबरीमा सकियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु