नेकपाले लगायाे जनवर्गीय संगठनकाे इञ्चार्ज/सहइञ्चार्ज टुंगाे,माधव नेपालको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो ।

२२ मध्ये ६ वटा जनवर्गीय संगठनमा सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ प्रस्ताव राखेका छन् । बैठकमा नेपालले सचिवालयले वरीयताक्रम मिलाउने हो भने पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् । यसबारे टुंगो भने लागेको छैन ।

उनले विधानअनुसार चल्न अध्यक्षद्वय समक्ष माग गरे । ‘एक व्यक्ति, एक पद’ हुनुपर्ने भन्दै एक जनालाई प्रधानमन्त्री र एक जनालाई अध्यक्ष बन्न प्रस्ताव गरे । यसैगरी, वरीयताको विषयमा उनले पार्टीको विधानमा खेलेको भन्दै असन्तुष्टि पोखे । दुई अध्यक्षले वरिष्ठता, उपाध्यक्षलगायत विषय ल्याएर पार्टीको एकता प्रक्रिया, पार्टीको विधानमाथि खेल्न खोजेको भन्न कुरा पनि आएको स्रोतले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु