अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं । बहुविवाह मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बहुविवाहसम्बन्धी मुद्दामा तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

छवि ओझाकी पहिलो पत्नीले शिल्पा र छविबिरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी थिइन । बहुविवाहको मुद्दापछि जिल्ला अदालत काठमाडौंले शिल्पाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौं जिल्ला अदालतको आदेशपछि शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन । पाटनले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको थियो ।

त्यसपछि शिल्पा सर्वाेच्च अदालत पुगेकी थिइन । प्रधानन्यायधीशको इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ । छविले शिल्पाभन्दा तीन श्रीमति पहिले विवाह गरिसकेका थिए ।

सम्बन्धित शिर्षकहरु