बामदेवलाई खुसी पार्न उपाध्यक्ष पद, उपचुनावमा पनि उम्मेदवार ?

काठमाडौं । नेकपाभित्र भूमिका नपाएको भन्दै असन्तुष्ट नेता वामदेव गौतमलाई खुसी पार्न उपाध्यक्ष पद सिर्जना गरिएको छ । सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ । पार्टीको विधान संशोधन गरी उपाध्यक्ष पद राखेर उनको पदलाई औपचारिकता दिइनेछ । सचिवालयको निर्णयपछि नेता गौतमले पार्टीभित्र आफ्नो सम्मान भएको प्रतिक्रिया दिएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणको सूत्राधारको भूमिका खेलेका गौतम एकतापछि निकै असन्तुष्ट थिए । तत्कालीन एमालेमा केपी ओलीलाई अध्यक्षमा जित्न सघाएका गौतम प्रचण्डका पनि उत्तिकै प्रिय पात्र हुन् ।

आजको कान्तिपुर दैनिकका अनुसार उपचुनावमा उठ्न समेत ओलीले गौतमलाई आग्रह गरेका छन् । उनी गत संघीय चुनावमा पराजित भएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु