काठमाडौ । लामो समयको रस्साकस्सीपछि नेकपाले सवै विभाग प्रमुखको टुंगो लगाएको छ भने सात प्रदेशमा १४ सहइन्चार्ज थप गरेको छ । शुक्रवार दिउँसा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सवैभन्दा पेचिलो बनेको पार्टी स्कूल विभागसहित ३२ विभागको प्रमुख चयन गरेको छ । पार्टी स्कुल बिभागको प्रमुखमा सचिवलाय सदस्य ईश्वर पोखरेल, संगठन विभागमा बामदेव गौतम, प्रचार विभागमा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।
त्यसैगरी विदेश विभागमा माधव नेपाल, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागमा, झलनाथ खनाललाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले नेकपाभित्र जिम्मेवारी नपाएका प्रभावशाली १४ केन्द्रीय सदस्यलाई भूगोलको जिम्मेवारी दिएको छ । प्रत्येक प्रदेशमा २ २ जनाका दरले १४ केन्द्रीय सदस्यलाई प्रदेशको सहइन्चार्ज बनाइएको छ । प्रदेश नम्वर ६ मा प्रकाश ज्वाला र कालिबहादुर मल्ल सहइन्र्चाज थपिएका छन् ।