सिन्धुपाल्चोकमा लेक लागेको विरामीलाई एयर डाईनेष्टीको हेलिकोप्टरमार्फत उद्दार

काठमाडौं– एयर डाईनेष्टी हेलिकोप्टरले आज लेक लागेको एक महिलाको उद्धार गरेको छ । सिन्धुपाल्चोकको जिल्ला स्थीत पाँचपोखरी दर्शन गरी फर्किने क्रममा सिन्धुपाल्चोक चौतारा निवासी सविता श्रेठ्ठलाई ४२ सय मिटरमाथि लेक लागी (हाई अल्टीच्यूट) स्वास्थ्य गम्भीर भएपछि उनलाई एयर डाईनेष्टीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

धुम्वाराही स्थीत ह्याम्स अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । ह्याम्सको एयर एम्बुलेन्स सेवा यो पहिलो हो । साउन २० गतेबाट उक्त अस्पतालले  भौगोलिक विकट र स्वास्थ्यमा गम्भीर समस्या देखिएको नागरिकको हेलिकप्टरमार्फत उद्धारसँगै उपचार गर्ने लक्ष्यका साथ एयर एम्बुलेन्स सेवा सुरु गरेको हो ।

भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतु दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्वुलेन्स सेवा विस्तार गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु