अख्तियार प्रमुख ज्यू,दुई सय वर्ष बाँच्नुस् भन्दै पूर्वनासुले सुसाइड नोट लेख्दै गरे आत्महत्या

काठमाडौं । मालपोत कार्यालय, कलंकीका पूर्व नायव सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन्। भ्रष्टाचारको आरोप खेपिरहेका पूर्वनासु आचार्यले शनिबार राति आत्महत्या गरेका हुन्।सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गत जेठ ३ गते भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।

अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि आचार्यले जागिरबाट स्वेच्छिक अवकास लिएका थिए। काठमाडौंबाट उदयरपुर फर्किएको भोलिपल्ट आचार्य बेपत्ता भएका थिए। परिवारले हराएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

खोजी गर्ने क्रममा शनिबार विहान आचार्य घरदेखि एक किलोमिटर दूरीमा रहेको शिखरखुट्टे जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

काठमाडौंको साविक बाडभन्ज्याङ गाविस–३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा मालपोत कार्यालय, कलंकीले गैरकानुनी श्रेस्ता खडा गरेर पूर्जासमेत उपलब्ध गराएको उनीविरुद्ध उजुरी परेको थियो।

सुसाइड नोट–अख्तियार प्रमुखज्यू दुई सय वर्ष बाँच्नुस्

प्रहरीले आचार्यको खोजीमा सुसाइड नोट फेला पारेको छ। दुई पानाको सुसाइट नोटमा आचार्यले भनेका छन्,‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन। तर, म देशको ठूलो भ्रष्टाचारी भए अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस्। म जस्तो निर्दोषलाई विशेष अदातलमा मुद्दा छ।’

सुसाइड नोटमा आचार्यले श्रीमतीलाई कान्छो छोरासँग काठमाडौंमै गएर बस्न र आफ्नो नाममा पुराण नलाउन भनेका छन्। उनले वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायतमा बैंकमा धेरै पैसा नरहेको र त्यसको चेक दराजमा राखेको उल्लेख गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु