अरूण जेट्ली आईसियूमा भर्ना, अवस्था स्थीर

एजेन्सी । भारतका पूर्ववित्तमन्त्री तथा भाजपाका वरिष्ठ नेता अरुण जेटली आईसियूमा भर्ना भएका छन् । उनी दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा भर्ना भएका हुन्।

अस्पतालले हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। उनलाई शुक्रबार बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । मोदी नेतृत्वको पहिलो सरकारमा वित्त मन्त्री रहेका ६६ वर्षीय जेट्लीले मिर्गौला प्रत्यारोपण गराएका छन्, त्यसैले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या आउने गरेको छ।

सम्बन्धित शिर्षकहरु