टी–२० अलराउण्डरको वरियतामा पारसको छलाङ,पारस धोनीभन्दा अघि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयतामा छलाङ मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको अलराउण्डर वरियतामा क्रममा खड्का २५ औं स्थानमा रहेका छन् । यसअघि खड्का ३९ औं नम्बरमा थिए । उनले ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हुन् ।

नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी पनि परेका छन् । कप्तान पारससहित सोमपाल कामी र वसन्त रेग्मी पनि यसमा पर्न सफल भएका हुन् ।

अलराउण्डरतर्फ पारसले १४ स्थान माथि उक्लिएका पारसले अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, इंग्ल्याण्डका जोए रुट, भारतका हार्दिक पाण्डेय लगायतलाई पछि पारेका छन् ।अलराउण्डरतर्फ सोमपाल ४९ अंक बटुल्दै ६६ औं स्थानमा छन् ।

ब्याटिङतर्फ पारसले भारतका महेन्द्र सिंह धोनीलाई पछि पारेका छन् । पारस वेस्ट इन्डिजका क्रिस गेल भन्दा पनि अघि छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु