कुलमान र वर्षमान श्री ३ हुन् ? फोन पनि उठ्दैन, भेटघाट गर्न पनि पाइँदैन्

काठमाडौं ।  नेकपाका सांसद गजेन्द्र महतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उर्जामन्त्री वर्षमान पुनलाई ‘श्री ३ महाराज’ले सम्बोधन गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले भने इण्डियालाई बत्ति बेच्दैछु भन्छन् । हामीलाई बेचिदिनोस् । कृपया जुम्लालाई बेचिदिनोस् तपाईहरु ।

त्यहाँ पनि जनता छन् । त्यहाँ पनि मोबाईल छ । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहाँ पनि बिरामी छन् । हाम्रा यी श्री ३ महाराजलाई म फेरि भन्न चाहन्छु– तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो । जहाँ कमिसन आउँछ त्यहामात्रै सेवा विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज मलाई विश्वास लागेको छ ।

‘हामीले धेरै फोन गरिसक्यौं, धेरै भेट्न कोसिस गरिसक्यौं, हाम्रा श्री ३ महाराजलाई’, महतले भने, ‘हाम्रा श्री ३ महाराज भनेका कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुन हुन्। फोन पनि उठ्दैन। भेटघाट गर्न पनि पाइँदैन।’ ‘श्री ३ महाराज’को फोन कसरी उठ्ने र भेट गर्न कसरी पाइने हो भन्दै प्रश्न गरेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु