बेलायत घोषणा पत्र जारी गर्दै अनेसासको छैटौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न (फोटोफिचर)

काठमाडौं । बेलायत घोषणा पत्र जारी गर्दै नेपाली भाषा साहित्यको कुम्भमेला अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ बेलायतमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समिती तथा बेलायत च्याप्टरको आयोजनामा अगष्ट ३ देखि ५ तारिख सम्म बेलायतमा भएको नेपाली भाषा साहित्यको ‘कुम्भमेला’ सम्पन्न भएको हो ।

कार्यक्रममा महामहिम राजदुत दुर्गा बहादुर क्षेत्री ,विशेष अतिथी डा जगमान लिम्बु लगायत विभिन्न क्षेत्रवाट आउनु भएको साहित्यकारहरुको उपस्थित रहेको थियो । सो कार्यक्रमामा २० बन्दा बढि च्याप्टरहरु साहित्यकार, समालोचक र विश्लेषकहरुको उपस्थित रहेको थियो । जसमा नेपाल,भारत, सिक्कीम, पोर्चुगल,अष्ट्रेलिया लगायतबाट सहभागि रहेका थिए ।

सो कार्यक्रममा विभिन्न देशवाट सहभागिहरुले आ आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाली सहित्यको प्रर्वद्दनको खातिर विभिन्न अन्तरक्रिया समेत भएको थियो । सो कार्यक्रमको पछिल्लो दिन प्रख्यात सहित्यकार शेक्सपियरको जन्मथलोको भ्रमण गरि त्यहि नै कार्यक्रम गरिएको थियो । कार्यक्रममा अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, वोर्डआफ टस्टीको उपाध्यक्ष पदम विश्वकर्मा, वोर्डआफ टस्टीको सल्हाकार दुर्गा घिमिरे, प्रध्यापक तथा प्रोफेसर खगेन्द्र संग्रौलाले नेपाली सहित्यको बारेमा महत्वपूर्ण विषयवस्तुहरु प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरि सकारात्मक सोचका अभियान्ता आचार्य राजन शर्मा (भिमसेन सापकोटा) ले नेपाली सहित्यमा सकारात्मक चिन्तन र आयमको प्रयोग, यसले नेपाली सहित्यमा कसरी सुखी र संवृद्धी पार्न सकिन्छ भन्ने विदामा आ-आफनो तर्क राख्नै विशेष कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा लेखक तथा सर्जगहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु