यसरी सुरु भयो ह्याम्स अस्पतालमा एयर एम्बुलेन्स सेवा (फोटोफिचर)

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले सोमबारदेखि विधिवत रुपमा रुफटप हेलिप्याडसहित एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग सिनामंगलबाट अनुमति लिएर सोमबार ह्याम्सको छतको नयाँ हेलिप्याडमा एयर डाइनेष्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेको बालकृण्ण पण्डिलले बताए । उद्घाटन बूढानीलकण्ठका मेयर उद्धव खरेल, प्रा.डा. भगवान कोइराला, प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष रामशरण भण्डारी, मेडिकल डाइरेक्टर भास्करराज पन्तले संयुक्त रुपमा गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु