अष्ट्रेलियामा दुई नेपालीको ज्यान जाने गरी दुर्घटना भएको कारका चालक सागर भट्टराई पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा केही दिन अघि दुई नेपालीको ज्यान जाने गरी दुर्घटनाभएको कारका चालक सागर भट्टराई पक्राउ परेका छन् । दुर्घटनापछि नेपाल फर्कन लागेको अवस्थामा अष्ट्रेलियन प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएका हुन् । उनीमाथि लापारवाहीपूर्वक कार चलाएको आरोप छ । साथै मान्छेको ज्यान जाने गरी सवारी चलाएको अभियोग पनि भट्टराईमाथि लगाइएको छ । उनको जमानात समेत खारेज गरिदिएको छ । उनलाई शनिवार नै पारामाटा कोर्टमा प्रस्तुत गरिने भएको छ ।

प्रहरीसँगको बयानमा कङ्गारु अगाडि आएको र त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको भट्टराइले बताएका थिए । प्रहरी अनुसन्धानमा पाँच जना सवारमध्ये एकजनाले सिट बेल्ट नलगाएको पाइएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु