मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध,५० हजार डलर जरिवाना

एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा तीन महिना प्रतिबन्ध लगाइएको छ। ‘कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेका आरोपमा उनलाई उक्त सजाय तोकिएको हो ।

बार्सिलोनाका फरवार्डसमेत रहेका ३२ वर्षीय मेस्सीलाई प्रतिबन्धविरुद्ध अपिल गर्न सात दिनको समय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोपा अमेरिका भ्रष्ट’ रहेको भन्ने विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध लगाएको हो।

महासंघले मेस्सीलाई ५० हजार डलर जरिवाना पनि तोकेको छ। प्रतिबन्धका कारण मेस्सीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउनेछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु