१३४ देशसँग नेपालको व्यापार घाटा, २३ देशसँग भने नाफा

काठमाडौं । मुलुकले गएको वर्ष एक सय ५७ देशसँग व्यापार गरेकोमा १ सय ३४ वटा देशसँगको व्यापारमा घाटा बेहोरेको छ। यद्यपी न्युनतम परिणाममा व्यापार हुने अन्य २३ मलुकसँग भने नेपालको व्यापार नाफा रहेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

व्यापार नाफा रेहेका देशमा दक्षिण एसियाली देश अफगानिस्तानदेखि न्यु क्यालेडोनियासम्म रहेका छन्।
मुलुकले कम सामान आयात गरेर धेरै निर्यात गरेका देशसँग व्यापार नाफा भएको हो। भन्सार विभागका अनुसार गएको वर्ष पनि नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँगै छ। गत वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको बस्तु तथा सेवा आयात गरेको छ। तर, निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु