किन गुमाउँछन् अष्ट्रेलियाको सडकमा नेपालीले ज्यान,सडक दुर्घटना बढ्नुकाे कारण के हाे ?

सन्जिब अर्याल- अष्ट्रेलिया । अष्ट्रेलियामा विभिन्न दुर्घटनामा मृत्यु हुने नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । बिदाको दिन रमाइलो गर्न बाहिर निस्केका नेपाली विद्यार्थीहरु केहि समुन्द्रमा डुबेर मृत्यु भएका छन् भने केहि सडक दुर्घटनामा मृत्यु भएका छन् । केहि दिन अघिमात्र अष्ट्रेलियामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थी स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

कारमा पाँच जना सवार थिए । स्यबाङ्जा वालिङ नगरपालिका १० की समीक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको छ । सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीको टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो । पन्ध्र जना विद्यार्थीको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए ।

बिहान दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेका थिए । सोही समूहको कार बिहान पखको तीन बजे तीस मिनेट जाँदा दुर्घटनामा परेको थियो ।

अष्ट्रेलियाम सडक दुर्घटना बढ्नुको कारण के हो ?
अष्ट्रेलियाको सडक विभागको तथ्याङ अनुसार गतवर्ष १२ सय जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । सन् २०१८ मा ११३७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने सन् २०१९ को जुन महिनासम्म ६ महिनाको अन्तरालमा ६३५ जनाको मृत्यु भै सकेको छ । पछिल्ललो वर्षको तुलनामा यो १४ प्रतिशतले बढि रहेको छ । सडक दुर्घटनामा नेपालीहरु कतिले ज्यान गुमाए भन्ने तथ्याङक नभएपनि वर्षेनी २-३ जनाले भने सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । जसमध्ये ज्यान गुमाउनेमा भरखरै आएका विद्यार्थीहरु रहने गरेका छन् ।

अष्ट्रेलियाको सडकमा किन गुमाउनछन् नेपालीहरुले ज्यान
अष्ट्रेलियामा चारवर्षदेखि सवारी चलाउन सिकाई रहेका रजिष्टर प्रशिक्षक विष्णु सापकोटाको अनुसार अष्ट्रेलियाको सडकमा नेपालीहरुको ज्यान जानुको कारण यस्तो छ ।
१. नेपालीहरुको कमजोरको पहिलो कारण नेपालमा सिकेकै भरमा साथीभाईको लहैलहैमा यहाँ आएर सडकको बारेमा जानकार नै नभई सिधै सडकमा गाडी लिएर निस्कनु ।
२ . रोडको नियम बारे ज्ञान नहुँनु र अधिकांस १८- २० बर्षको उमेरका भाई बहिनीहरु नेपालमा अलिअलि चलाउ जानेकै भरमा यहाँ आएर सिधै चलाउन थाल्नु ।
३. साथीभाईहरु ४-५ जना मिलेर रमाईलो गर्दै ठूलो स्वरमा स्पिकर बजाउनु, या गीत गाएर चालकको माईन्डलाई डिष्टब गर्नु त्यो पनि एक कारण हो ।
४. आफु घुम्न जानुअघि चालकको पूर्व तयारी नहुँनु जब गाडीमा चढेपछि मोबाईल लगायत अन्य कुराको चासो राख्नु ।
५. आफु लामो दुरीमा जानुअघि आफ्नो गाडीको कन्डिसन कस्तो छ ख्याल नगर्नु ।
(नेपाल युवटुवको सहयोगवाट तयार गरिएको रिपोर्ट)

Comments

comments

सम्बन्धित शिर्षकहरु